Schedule 10
भौगोलिक क्षेत्रको विवरण
अनुसूची-१०
(नियम ४५ को उपनियम (१) सँग सम्बन्धित)
भौगोलिक क्षेत्रको विवरण
“क वर्ग”
- मेची अञ्चलको ताप्लेजुङ्ग
- कोशी अञ्चलको नुमसहित दक्षिण क्षेत्रबाहेक सम्पूर्ण सङ्खुवासभा
- सगरमाथा अञ्चलको सोलुखुम्बु
- जनकपुर अञ्चलको दोलखा जिल्लाको लामाबगर र रोल्वालिङ्ग क्षेत्र
- बागमती अञ्चलको धादिङ्ग जिल्लाको सेतीबास उत्तरको सिँहार क्षेत्र
- गण्डकी अञ्चलको मनाङ र गोरखाको सैर्दिवास उत्तरको लार्के क्षेत्र
- धवलागिरी अञ्चलको टुकुचे भन्दा दक्षिणी क्षेत्र बाहेकको मुस्ताङ्ग जिल्ला र उत्तरी बाग्लुङ्गको ढोरपाटन क्षेत्र
- राप्ती अञ्चलको रोल्पा र रुकुम
- कर्णाली अञ्चलको हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पा
- भेरी अञ्चलको जाजरकोट
- सेती अञ्चलको बझाङ्ग र बाजुरा
- महाकाली अञ्चलको दार्चुला
“ख वर्ग”
- मेची अञ्चलको पाँचथर
- कोशी अञ्चलको भोजपुर, तेह्रथुम र सङ्खुवासभाको नुमसहित दक्षिणी क्षेत्र
- सगरमाथा अञ्चलको ओखलढुङ्गा र खोटाङ्ग
- जनकपुर अञ्चलको दोलखा जिल्लाको लामाबगर र रोल्वालिङ्ग क्षेत्र बाहेक बाँकी क्षेत्र, रामेछाप
- बागमती अञ्चलको रसुवा जिल्लाको राम्चे भन्दा उत्तरको क्षेत्र
- गण्डकी अञ्चलको लमजुङ्गको खुदी उत्तरी क्षेत्र
- लुम्बिनी अञ्चलको अर्घाखाँची र गुल्मी
- धवलागिरी अञ्चलको म्याग्दी, पर्वत, मुस्ताङ्ग जिल्लाको टुकुचे भन्दा दक्षीणी क्षेत्र र उत्तरी बाग्लुङ्गको ढोरपाटन क्षेत्र र म्याग्दी जिल्लाको निरकोट पहाडबाट दक्षिण तर्फबाग्लुङ्ग जिल्लाको तारा गाउँ विकास समितिमा पर्ने रातामाटा गाउँ हुँदै गुल्मी जिल्ला उत्तर दक्षिण अक्षांश रेखाको पूर्वी भाग बाहेकको बाग्लुङ्ग
- राप्ती अञ्चलको सल्यान र प्युठान
- सेती अञ्चलको डोटी र अछाम
- महाकाली अञ्चलको डडेल्धुरा र बैतडी
- भेरी अञ्चलको दैलेख
“ग वर्ग”
- मेची अञ्चलको इलाम
- कोशी अञ्चलको धनकुटा
- सगरमाथा अञ्चलको उदयपुर
- जनकपुर अञ्चलको सिन्धुली
- बागमती अञ्चलको सिन्धुपाल्चोक र सेतीवास उत्तरको सिंहार क्षेत्र बाहेक बाँकी धादिङ्ग जिल्ला र रसुवा जिल्लाको राम्चे सहित दक्षिण क्षेत्र
- गण्डकी अञ्चलको तनहुँ, स्याङ्जा र सेर्दीवास उत्तरको लार्के क्षेत्र बाहेक बाँकी गोरखा र लम्जुङ्ग जिल्लाको खुदी उतरी क्षेत्र बाहेकको बाँकी भाग
- लुम्बिनी अञ्चलको पाल्पा
- म्याग्दी जिल्लाको निरकोट पहाडबाट दक्षिण तर्फबाग्लुङ्ग जिल्लाको तारा गाउँ विकास समितिमा पर्ने रातामाटा गाउँ हुदै गुल्मी जिल्लालाई छुने उत्तर, दक्षिण अक्षाँश रेखादेखि पूर्व पर्ने बाग्लुङ्ग जिल्लाको बाँकी भाग
- राप्ती अञ्चलको दाङ्ग
- भेरी अञ्चलको बर्दिया र सुर्खेत
- सेती अञ्चलको कैलाली
- महाकाली अञ्चलको कञ्चनपुर
“घ वर्ग”
- मेची अञ्चलको झापा
- कोशी अञ्चलको मोरङ्ग र सुनसरी
- सगरमाथा अञ्चलको सप्तरी र सिरहा
- जनकपुर अञ्चलको धनुषा, महोत्तरी र र्सलाही
- बाग्मती अञ्चलको नुवाकोट र काभ्रेपलाञ्चोक
- नारायणी अञ्चलको बारा, पर्सा¸ रौतहट, चितवन र मकवानपुर
- गण्डकी अञ्चलको कास्की
- लुम्बिनी अञ्चलको रुपन्देही, नवलपरासी र कपिलबस्तु
- भेरी अञ्चलको बाँके
- बागमती अञ्चलको काठमाडौं, भक्तपुर र ललितपुर